Hotels & Tourism in
Nepal
यस नेपाली होटल व्यवसायी संघ २०५७ साल पौष २८ गते विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गराई आफ्ना व्यवसायीहरुको हक हितका साथै सामाजिक सेवामा समर्पित यस संघले आफ्नो २४ औं वसन्तहरु सफलताका साथ पार गर्दै २५ औं बर्षमा प्रवेश गरेको छ । ५०० भन्दा बढी होटल व्यवसायीहरुको छाता संगठन यो होटल व्यवसायी महासंघ नेपाल, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार संग समन्वय र सहकार्य गर्दै व्यवसायी तथा पर्यटन विकासको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै अगाडि बढिरहेको छ ।
"होटल व्यवसाय पर्यटन उद्योगको एक महत्वपूर्ण अङ्ग हो। आन्तरिक तथा बाह्य पर्यटकहरुको यसमा उत्तिकै महत्व हुन्छ । पर्यटकहरुलाई राम्रो सेवा र सुविधा दिने हाम्रो मूल उद्देश्य हो । हाम्रो जस्तो साना तथा मझौला होटलहरुलाई समेटेर लान नसक्नुको कारण आज राज्यको एउटा आम्दानीको स्रोत गुमेकाे छ । जसलाई संगठित र संस्थागत विकास गराई राज्यको आम्दानीमा थप टेवा दिने साथै सभ्य तथा उद्यमशिल समाज निर्माण गर्ने संघको मुख्य उद्देश्य रहेको छ । नेपाल भ्रमण गर्न आउने बाह्य तथा आन्तरिक पर्यटकहरु तथा विभिन्न पेशा र व्यवसायको लागि विदेश गई पुनः नेपाल फर्किने दाजुभाई तथा दिदि बहिनीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्दा र राष्ट्रिय बसपार्कको रुपमा चिरपरिचित नयाँ बसपार्कमा झेल्नुपरेको समस्याहरु घाँम झै छर्लङ्ग छ जसले गर्दा पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने भएकोले यस समस्यालाई राज्यका सम्बन्धित निकायहरु बाट समस्या समाधानका लागि आवश्यक पहल गर्नुपर्ने संघको धारणा रहेको छ । अहिले देशको विषम परिस्थितिमा पर्यटन क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन सकेमात्र देश विकासका लागि उर्जा मिल्नेछ भन्ने विश्वास लिएका छौ । आगामी दिनहरुमा नेपाली होटल व्यवसायी संघ तपाईहरु माझ अझै उन्मुख रहने प्रतिवद्धता जाहेर गराउन चाहान्छु । धन्यवाद ।"
— Mr. Ganesh Dhakal, President
President
Vice President
Secretary
Treasurer
Member
Member
Member
Member
Member
Member
Member
Member
Member
Member
Member
Member
Member
Member