Hotels & Tourism in
Nepal
होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश यस प्रदेश अन्तर्गतका १३ वटा जिल्लाभरि छरिएर रहेका साना, मझौला, पर्यटक स्तर तथा तारे होटलहरुको छाता संस्थाको रुपमा कार्य गरिरहेको गैर नाफामूलक गैर सरकारी संस्था हो । बि.स २०७५ सालमा काठमाण्डौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भई यस संघले निरन्तर रुपमा आफ्नो मातहतका होटल तथा पर्यटन व्यवसायीहरुका बीचमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको कुरा अवगत गराउँदछौँ । यस संघले नेपालका ७७ वटै जिल्लामा छरिएर रहेका करिब ८० हजार भन्दा बढी होटल व्यवसायीहरुको छाता संगठनको रुपमा क्रियाशिल होटल व्यवसायी महासंघ नेपाल मातहत रहेर आफ्ना मातहतका जिल्ला संघमा आवद्ध व्यवसायीहरुको हक, हित प्रवर्द्धन र अधिकार स्थापित गर्नको लागि आवाज उठाउँदै राष्ट्रको पर्यटन प्रवर्द्घन एवं आर्थिक समृद्धिको बाटोमा अग्रसर हुँदै आईरहेको कुरा छर्लङग छ । यस संघले संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, पर्यटन क्षेत्रसँग सरोकार राख्ने विभिन्न संघ संस्थाहरु एवं सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै व्यवसायिक हक हित प्रवर्द्धन एवं देशको पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आफ्नो विधानले निर्दिष्ट गरेको लक्ष्य र उद्देश्यका साथ अगाडि बढिरहेको कुरा अवगत गराउन चाहन्छौँ ।
"राष्ट्रको सर्वाङगिण विकासमा सबैभन्दा बढी योगदान रहेको होटल तथा पर्यटन क्षेत्र र यस क्षेत्र अन्तर्गत रहेका सबै प्रकारका व्यवसायलाई थप व्यवस्थित र गोलबन्द गर्दै पर्यटक मैत्रि वातावरण एवं स्तरीय व्यवसाय सञ्चालनका लागि हामीले बिभिन्न खालका तालिम, गोष्ठी, सेमिनार, अभिमुखिकरण तालिम जस्ता गतिविधीहरु सञ्चालन गर्दै आईरहेका छौँ । साथै हामी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सेवा सुविधा पुर्याउँदै व्यवसायीहरुलाई विभिन्न तालिमका कार्यक्रमहरु संञ्चालन गदै आर्थिक सम्बृद्धि तर्फ अगाडि बढिरहेका छौँ । आफ्नो प्रदेशभित्र छरिएर रहेका व्यवसायीहरुलाई एकिकृत गर्दै थप सुदृढ बनाउनुका साथै स्तरीय व्यवसायका माध्यमबाट स्तरीय सेवा प्रदान गर्दै पाहुनाहरुलाई सन्तुष्ट पार्न एवं नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याउने उद्देश्यले होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमति प्रदेश निरन्तर सक्रिय रहेको छ तापनि देश विकासको मूल आधार बनेको नेपालको पर्यटन क्षेत्रको विकास र सम्वर्द्धनमा भने राज्य चुकेको अवस्था छ । पर्यटनको मूल आधारको रुपमा रहेको होटल व्यवसाय पूर्ण रुपमा धारासायी भयो भने यसले सिंगो देशको अर्थतन्त्रमा नै दीर्घकालिन रुपमा नकारात्मक असर पार्ने कुरा निश्चित प्रायः छ । देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्याएका महासंघमा आवद्ध करिब ८० हजार भन्दा बढी होटल व्यवसायीहरुलाई उपेक्षा गर्नु राज्यको तर्फबाट ठूलो भुल हो । त्यसका बाबजुद पनि हामी अझै सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ र वर्तमान संकटले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योग र त्यस अन्तर्गत पनि बिशेष रुपमा प्रभावित होटल व्यवसायलाई बचाईराख्नका लागि राज्यले विशेष पहलकदमी चालोस् र सोही अनुसारका नीति नियमहरु प्रतिपादन गरी पर्यटन मैत्रि वातावरण सिर्जना गरोस् भन्ने हामी चाहन्छौँ । धन्यवाद ।"
— Mr. Damodar Nepal, President
President
Senior Vice President
First Vice President
Second Vice President
General Secretary
Secretary
Tresurer
Vice Secretary
Vice Tresurer
Member
Member
Member
Member
Member
Member
Member
Member
Member